प्रधानन्यायाधीश जबराद्धारा मुख्य न्यायाधीशको शपथ ग्रहण


काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा मुख्य न्यायाधीश पोखरेलद्वयलाई शपथग्रहण गराउनुभयो । प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमारप्रसाद पोखरेल उच्च अदालत दिपायल र न्यायाधीश पोखरेललाई उच्च अदालत सुर्खेतको मख्य न्यायाधीशका लागि पदस्थापना गर्ने निर्णय गर्नुभएको थियो ।

न्याय परिषद्को यही जेठ १४ गते बसेको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत न्यायाधीश कुमारप्रसाद पोखरेल र उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत मुख्य न्यायाधीशमा नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको थियो । सो समारोहमा सर्वोच्च अदालतका न्यायाधीशहरु, न्याय परिषद्का सदस्यहरु, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलगायतको उपस्थित रहेको छ ।
रासस