आईएसओ सर्टिफिकेट पाउने पहिलो बन्यो रुपन्देही जिल्ला प्रशासन कार्यालय !


यमलाल भुसाल, बुटवल ।
नेपालमै पहिलो रुपन्देही जिल्ला प्रशासन कार्यालयले आईएसओ ९००१को सर्टिफिकेट प्राप्त गरेको छ ।
प्रशासन कार्यालयले गुणस्तरिय सेवा प्रवाह गरेकोमा उक्त सर्टिफिकेट प्राप्त गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले विहिवार पत्रकार सम्मेलन गरि कार्यालयवाट प्रदान गरिएका सेवाहरुमा ७ विधामा गुणस्तरिय प्रमाणित भएसंगै उक्त सर्टिफिकेट प्राप्त भएको जनाईएको हो ।

पत्रकार सम्मेलनमा प्रजिअ रानाले गुणस्तरिय सेवा प्रवाह गरेकोमा जिल्ला प्रशासन कार्यालयले नेपालमै पहिलो आईएसओ सर्टिफिकेट पाएको दावि गर्नु भयो ।

उहाँले गृह मन्त्रालय मातहतमा त नेपालमै पहिलो र संभवत प्रशासन कार्यालयमा पनि पहिलो भएको दावि पनि गर्नु भयो । आईएसओ ९००१को सर्टिफिकेट पाएसंगै थफ जिम्मेवारी र चुनौती बढेको समेत प्रजिअ रानाले बताउनु भयो । रुपन्देही जिल्ला प्रशासनले गत २०७५ पुष १ गते देखि हरेक महिनाको १ गते नयाँ कामको थालनी गर्ने गरेको पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनु भयो । जिल्लाको शान्ति सुरक्षा, सुशासन र विकासमा टेवा पुराउने लक्ष्यसहित आम सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि नेपालमै पहिलो प्रशासन कार्यालयमा कन्टोल रुमको स्थापन गरि प्रयोगमा ल्याईएको छ ।

कन्टोल रुमको स्थापनले करिव ५ सय सुरक्षा सम्बन्धी सुचना प्राप्त भएको पनि पत्रकार सम्मेलनमा बताईएको हो । प्रशासन कार्यालयका हरेक गतिविधी विद्युतिय प्रणालीमा अभिलेख राख्न थालिएको छ । प्रशासन कार्यालयले प्राप्त गरेको आईएसओ ९००१को सर्टिफिकेटले अन्य जिल्ला र सरकारी कार्यालयलाई काम गर्न मार्ग दर्शक हुने समेत उहाँले बताउनु भयो ।