बजेट लगानीमैत्री: शेखर गोल्छा


सरकारले निजी क्षेत्रले उठाएका मागहरुलाई सम्वोधन गरेको छ,सरकारले निजी क्षेत्रको महत्व प्रत्याभुत गरेको छ बजेटमानै पनि अर्थ मन्त्री ज्यूले ३० चोटी भन्दा बढि निजी क्षेत्रलाई सम्वोधन गर्नु भएको छ जुन एक दमै सकरात्मक रहेको छ ।

सरकारले प्रस्तुत गरेको बजेट लगानी मैत्री वातावरण रहेको छ । एकल विन्दु सेवाको सुरुवात,जग्गा प्राप्तिका लागि सरकारले ठाउँ नै तोकेर उद्योग व्यावसाय गर्नको लागि सहज गर्ने उल्लेख गरेको छ जुन सकरात्मक छ । कार्यान्वयन कसरी हुन्छ, त्यो भने हेर्न बाँकी रहेको छ ।

कपडा उद्योगलाई बिजुलीमा ५० प्रतिशत छुट र ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध सरकारका सकरात्मक कदम हुन् । भन्सार र पूर्वाधार विकासमा सरकार सकरात्म छ । सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यले भने निजी क्षेत्रलाई झस्काएको छ।

हाल ७ प्रतिशतको जीडीपी ग्रोथ हुँदा बजारमा प्रसा अभाव छ यो परिपाटीमा कसरी ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गाह्रो छ ।यसको लागि ठूलो आकारको विदेशी लगानी भित्याउनु पर्ने देखिन्छ । समग्रमा बजेट राम्रो आएको छ ।
अटोमोवाइल क्षेत्रमा करको दायरा नबढनु सकरात्मकछ ।

शेखर गोल्छा
वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ