बजेट कार्यान्वयनमा शंका: तुल्सी नेपाल


नेकपाको धोषणा पत्रलाई यस वर्ष कार्यान्वयन गर्न खोजिएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारमा बढि लगानी केन्दीत गर्न खोजिएको छ । बजेट नारा दिएर आएको छ तर नारा कार्यान्वयनको आधार भने प्रष्टाईएको छैन् ।
बजेटको आकार बढाईएको छ विगतको बजेटको खर्च गर्न संयन्त्रको अभावले खर्च गरिएको छैन् । अर्थतन्त्रमा भने बजेटले प्रेसर कायम गर्ने छ । बजेट १४ दशमलव ४७ प्रतिशले बढि रहेको छ ।
राजश्वबाट ९ खर्ब रुपियाँ करि कुल ग्रास्तमा २७ प्रतिशत हुन आउछ जस्ले गर्दा करको दायरा ३५ प्रतिशत सम्म पुग्ने देखिन्छ जस्ले गर्दा बजेट अलोक प्रिय हुने सम्भावना रहन्छ । महंगि समेत बढाउछ हाल ४ प्रतिशत रहेको ६ प्रतिशत हुन अनुमान स्वयम अर्थ मन्त्रीको अनुमान छ ।
तुल्सी नेपाल
अर्थशास्त्रका अध्यता