इलाममा गोरु चोरेर काट्ने पक्राउ


इलाम ।
गोठको गोरु चोरेर काट्ने दुई जना व्यक्ति इलाममा पक्राउ परेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका ३ का कमलदास चौहान र रेमन लुङ्गेली बुधबार पक्राउ परेका हुन् । उनीहरुले स्थानीय मनकुमारी राईको गोठमा बाँधेको गोरु चोरेर काटेका थिए ।

चौहान र लुङ्गेलीले सोहि ठाउँका धनबहादुर राईको घरमा काट्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । धन कुमार राई भने फरार रहेकोले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुबैजनलाई जिल्ला अदालतमा म्यादथप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।