भोजपुरमा ९ कैदीबन्दीको कैद मिनाह


गणेश विष्ट, भोजपुर ।
जिल्ला कारागार कार्यालय भोजपुरमा विभिन्न कसुरमा जेल सजाए बिताइरहेका नौ जना कैदीबन्दीको कैद मिनाहा भएको छ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर दिएको कैद मिनाहामा सात जना पुरुष र दुई जना महिला गरी नौ जना कैदीबन्दीको कैद मिनाहा गरिएको जिल्ला कारगार कार्यालय भोजपुरले जनाएको छ ।

कैद मिनाहा हुनेमा अरुण गाउँपालिका वडा नम्बर– ४ चरम्बीका लिलानाथ दाहाल, चरम्बीकै तिर्वल तामाङ, भोजपुर नगरपालिका वडा नम्बर २ का दोर्जे तामाङ, र टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखुका यादवचन्द्र राई रहनु भएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ८ गोगनेका भिम विष्ट, खगेन्द्र विष्ट, विकास तामाङ, साल्पासिलिछो गाउँपालिका दोभानेकी इन्द्रा तामाङ र दोभाने घर भई हाल षडानन्द नगरपालिका २ कुलुङ बस्ने मैया तामाङ रहनु भएको छ ।

१२ औं गणतन्त्र दिवसको अवसरमा सरकारले असल चाल चलन भएका र कम्तिमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको कैद मिनाह गरेको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले बताउनु भयो ।