गणतन्त्र दिवसमा सल्यानमा ३ कैदीकाे कैद मिनाह


सल्यान ।
गणतन्त्र दिवसको अबसर पारी सल्यानमा ३ जना कैदिको कैद मिनाह गरिएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका कैदिलाई गणतन्त्र दिवसको अबसर पारेर कारकागारमा रहेका असल चालचलन गरेका ३ जना कैदिहरुलाई कैद सजाय माफि भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

जवरजस्ती करणीका २ र कर्तब्य ज्यानका आरोपी १ जना गरी तिन जना कैदीको कैद मिनाहा गरिएको जिल्ला कारागार सल्यानका सुचना अधिकारी डम्बर बिष्टले बताउनु भयो ।

जिल्ला कारागार सल्यान बाट कैद मुक्त हुनेहरुमा कर्तब्य ज्यानका गिता कवर र पल बहादुर वली कुटपिटका आरोपी ठम बहादुर बिक रहनु भएको छ ।

उतिहरु असल चालचलन भएका, तोकिएको शर्त पुरा गरेका, कम्तीमा ५० प्रतिशत भन्दा माथी कैदी भुक्तान गरेका कैदीलाई कारागार मुक्त गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार सबै कैदी जिल्ला भित्रकै स्थानीय रहेका छन ।

संबिधानको धारा २ सय ७६ अनुसार बिभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदिहरुको चालचलनका आधारमा बाँकि कैद माफि दिने व्यवस्था गरिएको छ ।

३ जना कैदि जना कैदी कैद मुक्त भएपछि अब जिल्ला कारागार सल्यानमा १ सय १८ जना कैदी बाकी रहेका छन । २६ जना महिला , ८९ जना पुरुष र ३ नाबालक गरी १ सय १८ जना कैदि रहेका छन । ति मध्य १४ जना मैला कैदि, १२ महिला थुनुवा छन भने ४९ पुरुष कैदि ४० जना थुनुवा रहेको कारागार सल्यानले जनाएको छ । सरकारले हरेक बर्ष बडा दशैँ, गणतन्त्र दिवस, र सबिंधान दिवस पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।

विपन्न परिवारका विद्याथीलाई सहयोग
यस्तै ठकुरी सहयोग संजाल सल्यानले गणतन्त्र दिवसको अवसरमा विद्यालय तथा विद्यार्थीलाई सहयोग गरको छ ।
जिल्लाको दमाचौरमा रहेको भानुभक्त मावि र त्यस विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई बुधबार संजालले सहयोग गरेको हो । विद्यालयलाई अग्नि नियन्त्रण गर्ने ५ हजार २ सय मूल्य बराबरको मेसिन र १० जना गरिब तथा विपन्न विद्यार्थीलाई झोला, कापी, कलम प्रदान गरिएको ठकुरी सहयोग संजालका जिल्ला अध्यक्ष अविषेक हमालले बताउनुभयो ।