केरूङ र वीरगञ्जबाट काठमाडौं जोड्ने रेल दुई वर्षपछि


काठमाडौँ ।
सरकारले दुई वर्षपछि छिमेकी भारत र चिनियाँ रेल काठमाडौंसँग जोड्नका लागि रेलमार्ग बनाउन शुरु गरिने जनाएको छ । आर्थिक वर्ष २०७६ ०७७ को बजेट पेश गर्दै रेलमार्ग ल्याउन दुई वर्षपछि काम थालिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको हो ।

त्यतिबेलासम्म दुबै रेलमार्गलगायत काठमाडौंमा मोनोरेल सम्भाव्यता अध्ययन गर्न ७ अर्ब ७० करोड छुट्याइएको अर्थमन्त्री खतिवडाले जनाउनुभयो ।