मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई १ अर्ब ५० करोड बजेट


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७६ ०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चिनौ आफ्नै माटो बनाऔं आफ्नै देश अभियान अर्न्तगत प्राविधिक विषय र गणित, अंग्रेजी र विज्ञान विषयमा शिक्षक नपुग भएका स्थानमा स्नातक र स्नातकोत्तर अध्ययनरत गरिरहेका विद्यार्थीलाई शिक्षक स्वयंसेवकका रुपमा परिचालन गर्ने र जसका लागि एक अर्ब ५० करोड विनियोजन गरेको बताउनुभएको छ ।