खुल्यो तातोपानी नाका (फोटोफिचर)


ननीराम नेपाल, सिन्धुपाल्चोक ।
चारबर्षदेखी बन्द रहेको नेपाल चीनबिचको प्रमुख ब्यापारिक नाका तातोपानी नाका आजबाट पुन संचालनमा आएको छ ।

सरकारका उध्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ बाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङ छीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको उद्घाटन गर्नुभएको हो ।

मितेरी पुलमा आयोजित औपचारिक समारोहबिच नाकाको उद्घाटन भएपछी ना ६ ख ४७५१ नम्बरको कन्टेनर उनसहित चिनियाँ भुभागबाट नेपाल भित्रिएको छ ।

अन्य ३ कन्टेनर भ्यान पनि उन लिएर नेपाल भित्रिएका छन । नाका उद्घाटन समारोहमा सांसद अग्निप्रसाद सापकोटा, शेर बहादुर तामाङ, प्रदेश सरकारका उध्योग बन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, सामाजिक बिकास मन्त्री युबराज दुलाल सहभागी हुनुहुन्थ्यो ।

नाकाको उद्घाटन हुने भएपछी सयौं व्यापारी ब्यब्सायी सहित हजार जना भन्दा बढी स्थानिय सिमा बजार लिपिङमा उतृएका थिए ।