मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)


नेपाल समाचारपत्र, काठमाडौं ।
आज देशभरि विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। तत्कालीन संविधान सभाले २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो। हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ।

बुधबार सैनिक मञ्च टुँडिखेलमा भएको गणतन्त्र दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालगायत उच्चपदस्थ अधिकारीहरू सहभागी भएका थिए ।

फोटोः अनील आङदम्वे, काठमाडौं ।