काठमाडाैं । ८ बर्षीय बालक करण शाहलाई अपहरण गरी हत्या गर्ने हत्याराहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । गत १० गते शुक्रबार विहानको १० बजे बीरगंजबाट अपहरणमा परेका बालकको कैलैया नगरपालिका वडा नम्बर ११मा लगेर २ घण्टापछि हत्या गरिएको थियो ।
२ नम्बर प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अपहरणकारीको खोजी गरिरहेको थियो । शुक्रबार रातीमात्र प्रहरीलाई खबर आएपछि प्रहरी यो कार्यमा खटिएको थियो । अपहरणकारीहरुले बच्चाको हत्या गर्नु अगाडी नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेका थिए । त्यसपछि उक्त अडियो सुनाएर फिरौती मागिएको थियो ।
![](https://dial100news.com/wp-content/uploads/2018/03/ad_300x250.jpg)
प्रतिक्रिया