कोरला नाकामा टेलिकमको जीएसएम मोबाइल बीटीएस सञ्चालन


काठमाडौं, (नेस)
नेपाल टेलिकमले मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउ“पालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो ।

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउ“मा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहु“च पु¥याइएको कम्पनीले जनाएको छ ।

यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहु“च थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउ“ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।