सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायतका बीमा सेवा लिन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।