बिग बोस नेपाल सञ्चालन गर्न रोक


काठमाडौं, (नेस)
भारतको प्रोडक्सन हाउस एन्डेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण बिग बोस नेपाल सञ्चालन गर्न रोक लगाउ“दै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपस“ग रहेको छ । उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोडलिङ तथा आर्ट क्रियशन प्रालिलाई प्रदान नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस आ“खा एन्डेमोल शाइन इन्डियाको ट्रेडमार्क रहेको दाबी गरिएको छ ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एन्डेमोल शाइन ग्रुपस“ग सहकार्य गरेको झुटो घोषणा गरे जनाएको छ ।
कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एन्डेमोल शाइन ग्रुपस“ग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोडलिङ तथा आर्ट क्रेसन प्रालिलाई लाइसेन्स् प्रदान नगरेको दाबी गरेको छ ।