एनआईसी एसिया बैंक र तीन अस्पतालबीच सम्झौता


काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकस“ग ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलले सम्झौता गरेका छन् ।

सम्झौताअनुसार एनआईसी एसिया बैंकका कर्मचारी तथा ग्राहकले ग्रिनसिटी हस्पिटलमा उपचार गराउ“दा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउ“दा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउ“दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।