एनएलजी इन्स्योरेन्सको हकप्रद पारित


कठमाडौं, (नेस)
एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित भएको छ । मंगलबार सम्पन्न कम्पनीको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पु“जी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो ।