सुजुकीको मेगा एक्स्चेन्ज क्याम्प


काठमाडौं, (नेस)
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले मेगा एक्स्चेन्ज क्याम्प ल्याएको छ ।

यस योजना जेठ १३ गतेदेखि १९ गतेसम्म नेपालभर भीजी अटोमोबाइल्सका शोरुमहरुमा लागू गरिनेछ । जसअन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेज गरी सुजुकीको नया“ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

यस योजनाअन्तर्गत गुड्दै नगुड्ने तथा चालू अवस्थामा रहेका मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यभन्दा थप १५ हजार रुपिया“ प्रदान गरिने कम्पनीले जनाएको छ ।