आज बजेट

0
Shares

काठमाडौं, (नेस)
सरकारले आर्थिक वर्ष २०७६÷७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका तर्फबाट संसदमा आज बुधबार बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षका निम्ति करिब पौने १६ खर्ब रुपिया“को बजेट प्रस्तुत गर्ने स्रोतको भनाइ छ । यसअघि राष्ट्रिय योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपिया“को बजेट सिलिङ तोकेको थियो । तर, योजनाको माग उच्च रहेको र त्यसलाई सम्बोधन गर्न दबाब बढेका कारण सिलिङभन्दा बढीको बजेटको आकार हुने स्रोतले नेपाल समाचारपत्रलाई बतायो ।

मंगलबार बजेटको पूर्ववत सिलिङमा हेरफेर गरी बजेटको आकार बढाउन सहज भएको थियो । अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको यो दोस्रो बजेट हो । उहा“ले चालू आर्थिक वर्षका निम्ति गत वर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपिया“को बजेट पेस गर्नुभएको थियो ।

आगामी बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धिका साथै प्रत्यक्ष र समानुपातिक संसदले खर्च गर्न पाउने कार्यक्रममा रकम वृद्धिका निम्ति बढी दबाब परेको छ । सरकारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आई पु“जीगत खर्च न्यून रहेको स्थितिमा ठूलो आकारको बजेट ल्याउन नहुने विज्ञहरू सुझाव दि“दै आएका छन् ।

प्रदेश र स्थानीय तहले पनि छुट्टै बजेट ल्याउने भएकाले साना र खुद्रे कार्यक्रम संघीय सरकारको बजेटमा समावेश गर्न नहुने तर्क अगाडि सारिएको भए पनि अर्थ मन्त्रालयमा भने त्यस्तै योजनाको दबाब चर्को रहेको छ ।