५ नम्बर प्रदेशको बजेटः कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा लक्षीत गरिने


यमलाल भुसाल, बुटवल ।
प्रदेस ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वजेटमा कृषि,उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी आर्थिक बृद्धिदर उच्च राख्ने लक्ष्यलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रदेशका मुख्यमन्त्री पोखरेलले मंगलवार प्रदेशसभामा प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक बर्ष २०७६÷०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उक्त कुरा बताउनु भएको हो ।

वजेट कार्यान्वयनको क्षमता अभिबृद्धि गरी सरकारी क्षेत्रबाट लगानी गर्न प्रस्ताव गरिएका आयोजनाहरुको वजेट अधिकतम उपयोग गर्ने नीति लिइने मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।

आर्थीक बर्षमा योजना स्विकृत भई बहुबर्षीय आयोजनाको रुपमा टेक्का लगाउने तयारीमा रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरीने बताउदै मुख्यमन्त्री पोखरेलले अधुरा रहेका आयोजनाहरुको बिष्लेषण गरी आवस्यक ठानिएका आयोजनाहरु क्रमश पुरा गर्दै जानेगरी वजेट विनियोजन गरिने सदनलाई जानकारी गराउनु भयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको पहिलो आवधिक योजनाले लिएको लक्ष प्राप्त गर्ने र दिगो विकास लक्ष हासिल गर्न सहयोग पु¥याउने आयोजनाहरुलाई प्राथमिकता दिएर वजेट विनियोजन गरिने बताउनु भयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका साथै उद्देश्य प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको पहिलो आवधिक योजना र प्रदेशको पञ्चबर्षीय योजनाको उद्देश्य र लक्ष्य हासिल गर्ने तर्फ परिलक्षीत हुनुनै आगामी वर्षको वजेटको मुख्य उद्देश्य हुने जानकारी दिनु भयो ।

मुख्यमन्त्री पोखरेलले सिद्धान्ततह संबिधानले दिसानिर्देश गरेको समाजवाद उन्मुख आर्थीक सामाजिक व्यवस्था निर्माण गर्ने कुरालाई विनियोजन विधेयकको मुख्य सिद्धान्त मान्दै खासगरी मितव्ययी सिद्धान्तको अनुरुप वजेट विनियोजन र खर्चको उत्पादकत्व बढाइनुका साथै सन्तुलित विकासको सिद्धान्तलाई आत्मसाथ गरिने बताउनु भयो ।