राकस खोलामा जल्यो ६ सय ७५ किलो गाँजा


हेटौंडा, (नेस) ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार विभिन्न समयमा बरामद भएका ६ सय ७५ किलो ७ सय २१ ग्राम गाँजा जलाएर नष्ट गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित किसेडी राकस खोला किनारमा गाँजा नष्ट गरेको हो ।

लागुऔषध नाइट्रोभेट १ सय २२, सिमप्लेक्स ५४ ट्वाब्लेट र ओलेरेक्स २ बोतलसमेत जलाएर नष्ट गरिएको छ । लागुऔषध नष्ट गर्दै मकवानपुर प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले मकवानपुरलाई लागुऔषधमुक्त जिल्लाका रुपमा स्थापना गर्ने लक्ष्य लिइएको बताउनुभयो । उक्त स्थानमा हेटौंडा–१ अध्यक्ष सबिन न्यौपाने, भीमफेदी–१ अध्यक्ष श्यामकुमार बललगायतको उपस्थिति थियो ।

मकवानपुर प्रहरीले वैशाखदेखि जेठ १० गतेसम्म विभिन्न स्थानबाट बरामद गरेको गाँजा जलाएर नष्ट गरेको हो । मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुर भएर हुने लागुऔषध ओसारपसार तथा र जिल्लामा हुने कारोबारलगायतमा सक्रियता देखाएको छ ।