प्रधानमन्त्री ओली अकस्मात दिल्ली जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

बिहिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली भारत जान लागेको पुष्टि गरेका छन्। प्रधानमन्त्रीसँग दिल्ली को को जाने भन्ने टुङ्गो नलागेको बताइएकाे छ।