टेलिकमको रिपब्लिक डे अफर


काठमाडौं, (नेस)
नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी रिपब्लिक डे अफर उपलब्ध गराउने भएको छ । यसअन्तर्गत ५० रुपिया“मा रिपब्लिक डे कम्बो प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । सो अफर जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म खरिद गर्न सकिने छ ।

यो छुट योजनाअन्तर्गत ५० रुपिया“मा प्याक खरिद गरेपश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।