आर्थिक वर्ष २०७५/७६ आर्थिक सर्वेक्षण प्रस्तुत


आर्थिक वृद्धिदर ७ प्रतिशत, प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपियाँ पुग्ने अनुमान

नेपाल समाचारपत्र, काठमाडौं
मुलुकको आर्थिक परिसूचकहरु उत्साहजनक रहेको अर्थमन्त्री डा. युवराज खतिवडाको दाबी छ । अर्थमन्त्री खतिवडाले सोमबार संसदमा आर्थिक वर्ष २०७५÷७६ आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सो दाबी गर्नुभएको हो ।

राजनीतिक स्थायित्व कायम भएस“गै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको मन्त्री खतिवडाको भनाइ थियो। अर्थमन्त्रीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रारम्भिक अनुमान पेस गर्नु भएको छ ।

आर्थिक सर्वेक्षणअनुसार चालू आवको फागुनसम्ममा औसत मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत रहेको छ । उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको भन्दै निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको अनुमान सरकारको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपिया“ पुग्ने अनुमान तथा प्रतिव्यक्ति खर्चयोग्य आय १ लाख ५५ हजार पुगेको अनुमान छ।

चालू आवमा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब रुपिया“हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धिभन्दा कुल पु“जी लगानीको वृद्धि उच्च रह“दा बचत र लगानीबीचको अन्तर बढ्दै गएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रुपिया“ पुगेको छ।चालू आर्थिक वर्षको फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रुपिया“ रहेको छ। यो रकम आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २१ दशमलव ७ प्रतिशतले बढी रहेको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी थप १ खर्ब ७ अर्ब रुपिया“ वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ। २०७५ फागुनसम्ममा कुल सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रुपियँ“ रहेको छ। यसमध्ये ३ खर्व ८३ अर्ब ५९ करोड रुपिया“ आन्तरिक ऋण र ५ खर्ब ९५ अर्व रुपिया“ बाह्य ऋण रहेको छ।

बीमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिस“गै बीमा व्यवसायको आकार र कारोबारमा विस्तार भएबाट चालू आर्थिक वर्षको फागुनसम्म करिब १८ प्रतिशत नागरिकमा बीमाको पहु“च पुगेको उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षको फागुनसम्ममा कुल वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले वृद्धि भई ६१ अर्ब रुपिया“ पुगेको छ भने वस्तु आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब रुपिया“ पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापारघाटा ८ खर्ब ८८ अर्ब रुपिया“ रहेको छ। त्यस्तै शोधनान्तर स्थिति ५९ अर्ब रुपिया“ घाटामा रहेको छ। यस अवधिमा चालू खाता १ खर्ब ९१ अर्ब रुपिया“ले घाटामा रहेको छ। विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब रुपिया“ पुगेको छ।

उक्त अवधिमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जानेको संख्या ३५ दशमलव ९ प्रतिशतले घटेको मन्त्री खतिवडाको भनाइ छ । फागुनसम्म २ सय १८ उद्योगमा ११ अर्ब रुपिया“ लगानी प्रतिबद्धता भई थप ७ हजार ९ सय ५३ रोजगारी सिर्जना हुने सरकारको अनुमान छ।

स्वदेशी एवम् विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताका साथ लगानी सम्मेलन सम्पन्न भएको छ। कुल जनसंख्याको ७७ दशमलव ८ प्रतिशत जनसंख्यामा विद्युत् सुविधा पुगेको छ। कुल विद्युत् उत्पादन १ हजार १ सय ४२ मेगावाट रहेको छ भने कुल जनसंख्याको करिब १८ प्रतिशतसम्म नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा पुगेको छ।

यसैगरी १४ हजार १ सय २ किलोमिटर सडक कालोपत्रे, ७ हजार ८ सय ८१ किलोमिटर र ९ हजार ४ सय १० किलोमिटर कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमिटर पुगेको छ। हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालस“ग जोडिएको छ भने राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुनेछ,

यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षणमा सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। हवाईमार्गबाट आउने पर्यटकको अंश ८२ दशमलव ८ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७ दशमलव २ प्रतिशत रहेको छ।

भूकम्पपछि पुनर्निर्माणको क्रममा करिब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ। २सय ६२ सरकारी भवन, ४ हजार २ सय १ विद्यालय भवन, ६ सय ४३ स्वास्थ्य संस्था भवन, २ सय २१ पुरातात्विक सम्पदा र १ सय २४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको जनाइएको छ ।

आर्थिक सर्वेक्षणका प्रमुख बुँदा
(१) चालू आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेका छन्। राजनीतिक स्थायित्व कायम भएस“गै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ।

(२) आर्थिक वर्ष २०७५÷७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ। आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ।

(३) आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको छ। कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिस“गै बचत गर्ने क्षमता पनि बढेको छ। विगत धेरै दशकमा पहिलोपटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ। यसले राष्ट्रिय पु“जी निर्माणमा उल्लेख्य योगदान पुगेको छ।

(४) शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवम् ऊर्जा तथा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी तथ्यांकहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हु“दै गरेको संकेत गरेका छन्। आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हु“दै गएको छ। उच्च लगानीका लागि औद्योगिक तथा प“ुजीगत सामानको आयात बढ्दै जा“दा र निर्यातको आकार सीमित हु“दा उच्च व्यापारघाटा कायमै रहेको छ।यसबाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको छ।

(५) उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ। निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या १८.७ प्रतिशत झरेको अनुमान छ ।

(६) आर्थिक वर्ष २०७५÷७६ मा प्रतिव्यक्ति आय रु.१ लाख १७ हजार पुग्ने अनुमान छ। प्रतिव्यक्ति खर्चयोग्य आय रू. १ लाख ५५ हजार पुगेको अनुमान छ।

(७) आर्थिक वर्ष २०७५÷७६ मा कुल लगानी २९ प्रतिशतले वृद्धि भई रु.२१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धिभन्दा कुल पु“जी लगानीको वृद्धि उच्च रह“दा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ।

(८) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ४१ अर्ब पुगेको छ।

(९) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म संघीय विभाज्य कोष ÷ संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व रु. ५ खर्ब रहेको छ। यो रकम आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी हो।

(१०) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म अनुदान रु. १३ अर्ब र ऋण रु.९३ अर्ब गरी थप रु.१ खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ।

(११) २०७५ फागुनसम्ममा कुल सार्वजनिक ऋण रु.९ खर्ब ७८ अर्ब रहेको छ। यसमध्ये रू. ३ खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र रू. ५ खर्ब ९५ अर्ब बाह्य ऋण रहेको छ।

(१२) आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेका छन्। २०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बंैक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ४,७०१ पुगेको छ। बिमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिस“गै बीमा व्यवसायको आकार र कारोबारमा विस्तार भएबाट आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म करिब १८ प्रतिशत नागरिकमा बीमाको पहु“च पुगेको छ। धितोपत्र बजार सुधारोन्मुख छ।

(१३) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ४९ अर्ब पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापारघाटा रु. ८ खर्ब ८८ अर्ब रहेको छ।

(१४) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म शोधनान्तर स्थिति रु.५९ अर्ब घाटामा रहेको छ। यस अवधिमा चालू खाता रु.१ खर्ब ९१ अर्बले घाटामा रहेको छ। आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८२ अर्ब पुगेको छ। यस अवधिमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ।

(१५) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म २१८ उद्योगहरुमा रु.११ अर्व लगानी प्रतिबद्धता भई थप ७,९५३ रोजगारी सिर्जना हुने अनुमान छ।

(१६) आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कुल जनसङ्ख्याको ७७.८ प्रतिशत जनसंख््यामा विद्युत् सुविधा पुगेको छ। आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कुल विद्युत् उत्पादन ११,४२ मेगावाट रहेको छ भने कुल जनसंख््याको करिब १८ प्रतिशत जनसंख््यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा पुगेको छ।

(१७) आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म १४ हजार १ सय २ किलोमिटर कालोपत्रे, ७,८८१ किलोमिटर खण्डास्मित र ९,४१० किलोमिटर कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमिटर रहेको छ। हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालस“ग जोडिएका छन्।

(१८) राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये चालू आर्थिक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ।

(१९) सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। हवाईमार्गबाट आउने पर्यटकको अंश ८२.८ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७.२ प्रतिशत रहेको छ।

(२०) भूकम्पपछि फागुनसम्म करिब ६ लाख ५ हजार निजी घर, २६२ सरकारी भवन, ४,२०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ।

(२१) संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संघअन्तर्गतका कर्मचारीलाई तीन तहमा समायोजन गरिएको छ। यसले संघीयता कार्यान्वयन र सार्वजनिक सेवाप्रवाहमा थप योगदान पुगेको छ।

(२२) समग्रमा यो आर्थिक सर्वेक्षणले अर्थतन्त्रका सवल र सुदृढ हु“दै गएका तथा दिगो विकास र स्थायित्वका लागि थप प्रयास गर्नुपर्ने क्षेत्रलाई समेटेको छ।