बम विस्फोटका मृतकप्रति गृह मन्त्रालयद्धारा दुःख व्यक्त


काठमाडौँ ।
आईतबार काठमाडौँको सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु भएका चार जना प्रति गृह मन्त्रालयले दुःख व्यक्त गरेको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेको हो ।

बम विस्फोटमा परि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको विप्लवले विज्ञप्ति मार्फत जनाएको छ । विस्फोटमा परि अन्य सात जना घाइते भएका छन् ।

विप्लवले देशका लागि आनी हुने काम मात्रै गरेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । हालसम्म विस्फोटको योजनामा संलग्न १५ जनालाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबारको नेपाल बन्दमा केहि ठाउँमा शंकास्पद वसतु फेला परेको र सम्पूर्ण जनजीवन सामान्य रहेको जिल्लाका प्रहमूख जिल्ला अधिकारीहरुले जानकारी दिएको मन्त्रालयको भनाई छ ।