सवारी दुर्घटनामा दुईको मृत्यु


राजविराज ।
सप्तरीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित देवधार चौकमा यात्रु वस र मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षिय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षिय ओम प्रकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिम जादै गरेको ना ५ ख ४६९२ नम्वरको वस र पुर्व जाँदै गरेको स ९ प ६१८३ नम्वरको मोटरसाईकल आपसमा ठोक्किदा दुवै जना घाईते भएका थिए । उपचारका लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।