बम विस्फोटमा मृृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको विल्लवको स्वीकारोक्ति


काठमाडौँ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आईतवार काठमाडौँमा भएको बम विष्फोटमा मृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको स्वीकारेको छ । सोमबार विप्लवले एक विज्ञप्ति जारी गर्दै विस्फोटमा मृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको स्वीकार गरेको हो ।

पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेका छन् । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी सरकारकाे फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।

प्रहरीका अनुसार भने बम बिस्फोट हुँदा सुकेधारामा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको छ । घट्टेकुलो विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको थियो ।

विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।

जस्ताको तस्तै विज्ञप्तिः