स्वच्छ र दीर्घ जीवनका लागि सफाई अभियानमा जोडिन मन्त्री पोखरेलको आग्रह


काठमाडौँ ।
उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले ुसगरमाथा हिमाल सफाई अभियान– २०७६ु अवलोकन गर्नु भएको छ । स्थानीय सरकार, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु र नेपाली सेनाको संयुक्त प्रयासमा सञ्चालन भएको अभियानमा पोखरेल सोमबार अवलोकन गर्न पुग्नुभएको हो ।

स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाई अभियानमा जोडिन मन्त्री पोखरेलले आह्वान गर्नुभएको छ । उहाँले वातावरण र हिमाल संरक्षणमा रुची राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको बताउनुभयो ।

कार्यक्रमा नेपालको गौरवमय इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाललगायतका संरक्षण र सम्बद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा चर्चा गर्दै मन्त्री पोखरेलले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ुसुखी नेपाली समृद्ध नेपालु को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक भएको बताउनुभयो । राईले भन्नुभयो, “सगरमाथा हाम्रो शान, गौरव र परिचयका रुपमा रहेकोले खुम्बु पासाङ गाउँपालिकालाई प्रदेश– १ को पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जनस्तरीय सहभागीता सहितका यस्ता सामुहिक प्रयासबाट पर्यावरण संरक्षण तथा सुरक्षाका राष्ट्रिय लक्ष्यहरु हासिल गर्न ज्यादै नै प्रभावकारी हुने कुरामा जोड दिनुभयो । यस अवसरमा थापाले नेपाल सरकारको ुभिजिट नेपाल २०२०ु कार्यक्रमलाई समेत यस अभियानले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गत वैशाख १ गतेबाट शुरु भएको सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनासँग भएका हेलिकोप्टर तथा जनशक्ति प्रयोग गरी अभियानका क्रममा खुम्बु क्षेत्रमा संकलन भएको करिव ४००० हजार किलोग्राम फोहोर मध्ये १००० के।जी। फोहोर वैशाख ५ गते ब्लू वेस्ट टु भ्यालू संस्थालाई हस्तान्तरण गरिएको थियो भने ४ जनाको शवलाई काठमाण्डौँ ल्याईएको थियो । साथै सो क्षेत्रमा संकलित बाँकी करिव ६००० के।जी। फोहोर उचित व्यवस्थापनको लागि आगामी जेष्ठ २० गतेभित्र काठमाडौँ ल्याउने योजना रहेको छ ।

उक्त अवलोकन कार्यक्रममा मुख्यमन्त्री राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुडा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवं सांसद योगेश भट्टराई, प्रधानसेनापति थापा, प्रदेश– १ का सांसद हेम कुमार राई, सांसद बुद्धि कुमार राजभण्डारी, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय वासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।