अपडेटः सुकेधारा बम विस्फोटमा मृत्यु हुने तीनै जना विप्लव कार्यकर्ता


काठमाडौं ।
आईतवार राजधानीका विभिन्न स्थानमा बम विस्फोट हुने क्रम राति सम्म पनि जारी रह्यो । सोमबार दिउसोसम्म पनि बम विस्फोट हुने क्रम रोकिएको भने थिएन ।

आइतवार भएको सुकेधारा बम विस्फोटमा तीन जनाको मृत्यु भएको थियो भने अनामनगरमा एक जनाको मृत्यु भउको थियो । जसमा सुकेधारामा मृत्यु हुने तीनै जना नेत्र विक्रम चन्द नेत्तृत्व विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ ।

सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन् । घटना भएको झण्डै २४ घन्टापछि मात्रै मृतकको सनाखत भएको प्रहरी जनाएको छ ।

घटनामा ५ जना घाइते भएका छन् ।