फेवातालमा खसेका ७ जनाकाे सकुशल उद्दार


पोखरा ।
पोखरामा भारी वर्षा र हावाहुरीको कारण फेवातालमा फसेका सात जनाको सशस्त्र प्रहरी बल एपिएफको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको छ ।
पोखरामा दिउसो करिब सााढे तिन वजे तिर आएको भारी वर्षा र हावाहुरीको कारणले डुबेको डुंगामा सवार पाँच जना र अलपत्रमा परेका दुई जनाको शकुसल उद्धार गरिएको हो ।

एपिएफका असइ दिपेन्द्र विष्टको कमाण्डमा खटिएको टोलिले सात जनाको तत्कालै सकुशल उद्धार गरेको हो ।
डुगांमा सवार काठमाडौका २७ बर्षिय विनोद अर्याल, २१ वर्षका सविना मर्हजन, जेनी महर्जन, अजित मर्हजन र जरिना मर्हजन र कायकमा सवार पोखराका २२ बर्षिय साईरस गुरुङ र २५ बर्षिय रोनाले मगरको सकुशल उद्दार गरेको असइ दिपेन्द्र बिष्टले जानकारी दिनुभयो ।

‘डुगांमा ५ जना सवार थिए, अचानक हावाहुरी र वर्षा भएपछि डुगां डुव्न पुगेको हो’ बिष्टले भन्नुभयो , ‘सवैलाई समयमै उद्धार गर्न सफल भयौँ भने तालको बीचमा हावाहुरीका कारण अलपत्रमा परेको कायकमा सवार दुई जनालाई पनि तत्काल उद्दार ग¥यौ ।¬’ पोखरामा पछिल्लो समय निकै वर्षा हुने गरेको छ । पोखरामा उचित ढल निकासा नहुदाँ पछिल्लो समय बजार समेत ताल जस्तै बनेको छ ।