महिलाहरु कुवेत लैजाँदै गर्दा तीन जना पक्राउ


भद्रपुर ।
भारतको बाटो हुदै मानव तस्करले कुवेत लैजादै गरेका तीन महिलाको उद्धार गरिएको छ भने संलग्न तीन जनालाइ पक्राउ गरिएको छ । झापाको काँकडभिट्टा नाकाबाट लैजादै गरेको अवस्थामा साना हातहरु नेपाल,आफन्त नेपाल र प्रहरीको सहयोगमा नेपाल–भारतको सिमाबाट उद्धार गरिएको हो ।

मोरङ्का २ र झापाका १ जना महिला रहेका छन् भने महिला लैजानेमा संलग्न तीन जना झापाका पक्राउ परेका छन् । उद्धार गरिएका महिलाहरुमा मोरङ् सुनवर्सी नगरपालिका वस्ने ४६ वर्षिया,मोरङ कै उर्लाबारी नगरपालिका कि २५ वर्षिया र भद्रपुर नगरपालिका वस्ने ३१ वर्षिया महिलालाइ उद्धार गरिएको सानाहातहरु नेपाल भद्रपुरका कर्मचारी बिक्रम वाग्लेले जानकारी दिनुभयो ।

उनिहरुलाइ दलालले नै राहदानी वनाइदिएर कुवेत लैजादै गरेको खुलेको उहाँले बताउनुभयो । अवैध बाटोबाट गइरहेका महिलालाइ उद्धार गरिरहेपनि जानेको सङ्ख्या नघटेको उहँको भनाइ छ । घटना शुक्रबार भएको र सोमबार उनिहरुलाइ परिवारको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

महिला लैजानेमा संलग्न भद्रपुर ४ ज्ञाने चोकका ३१ वर्षिय मङ्गल सिं तुम्हाम्फे लिम्बू, सोही वाडका फल्गुनन्द चोक कि ३० वर्षिया मिना थापामगर र मेचीनगरनगरपालिका १४ का ४५ वर्षिय मुलुकचन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका मङ्गल सिंबाट दुइथान राहदानी समेत फेला पारिएको इलाकाका डिएसपी महेश थापाले जनाउनुभयो । आरोपितलाइ मानव बेचबिखन तथा ओसारपसारमा आइतबार मुद्दा दर्ता गराइएको डिएसपी थापाले जानकारी दिनुभयो ।