गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुईको मृत्यु


हेटौंडा ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीको कोगटे खोलानजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन बस्ने २८ वर्षीय वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी मझुवा बस्ने ३५ वर्षीय विशाल तामाङ छन् । करेन्ट लागेर घाइते हुनेमा सिन्धुलीको तीनपाटन–९ बस्ने २५ वर्षीय गोपाल रामऔली र दाङ घर भएर ललितपुर बस्दै आएका ४५ वर्षीय महेश बस्नेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

माण्डु हाइड्रोपावरका लागि मेसिन बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना. ४ ख ९३२६ नम्बर ट्रकले सोमबार दिउँसो करिब २ बजे ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।