उपप्रमुखले फुटाईन कार्यालयको ल्यापटप


सञ्जय कार्की, रौतहट ।
देशको व्यवस्था बदलिएसंगै स्थानीय तहको संरचना निर्माण भएको छ । लामो समय सम्म कर्मचारी बाट संचालन रहेको स्थानीय तह निर्माण संगै जनप्रतिनिधिहरु समेत चुनिएका छन । उनीहरुले दुई आर्थीक वर्षको बजेट संचालन गरिसक्दा समेत नागरिकस्तर र बिकासको गति बढन सकेको छैन ।

गाउँमा धुलो र धुवा उतिकै उडेको छ । फोहोर जताततै रहेको छ । मानव स्वास्थ्य दिनदिनै बिग्रदो स्थितीमा रहेको छ तर जनप्रतिनिधिहरु बिलासिता र सुबिधा भोगमा रमाउन मनपराईरहेका छन । जनअपेक्षाअनुरुप कार्य गर्नु पर्ने जनप्रतिनिधिहरु स्वयमनै यतिखेर भागबण्डाको खेलमा लागेका छन ।

भागबण्डा नमिल्दा उनीहरुले बितण्डा समेत मच्याउने गरेका छन । रौतहटको गुजरा नगरपालिकाका उपप्रमुख रौशना खातुनले कार्यालयको ल्यापटप फुटाईदिएकी छिन भने केही उपभोक्ता समितिको महत्वपुर्ण कागज च्यातिदिएकी छिन ।

यतिमात्र नभै कर्मचारीहरु माथि उनले अभद्र ब्यबहार समेत गरेकी छिन । कार्यालयको सामान तोडफोड गर्न उप प्रमुख रौशन खातुन शेख स्वयम उनका श्रीमान शेख बसुरदिन, उनका छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन कार्यालयमा पुगेको नगरपालिकाको कार्यालय स्रोतले जनाएको छ ।

गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरीले प्रत्येक कार्यपालिकाको बैठकमा भएका निर्णयमा समेत उपप्रमुखको हस्ताक्षर छ तर बिकास निर्माणका कार्य संचालन हुन थालेपछि एकैपल्ट आफुलाई असहमती भएको भन्दै कार्यालयको सामान उपप्रमुख बाट फुटाउदा आफु आश्चर्यचकित भएको बताउनु भयो ।

प्रत्येक कार्यपालिकाको निर्णयमा सहमति गर्दै आएकी उपप्रमुख खातुनले एक्कासी कस्को उक्साटमा तोडफोडमा उत्रनु भएको हो आफु चकित परेको गुजरा नगरपालिकाको प्रमुख सन्तलाल चौधरीले बताउनु भयो ।

सोमबारको कार्यपालिकाको बैठक बाट उपप्रमुखले कार्यालयमा पुरयाएका क्षतीको बिषयमा छलफल भैरहेको बेलामा उनले लिखितरुपमानै माफि मागेको उहाले बताउनु भयो । उता उपप्रमुख रौशन खातुन संग यस बिषयमा बुझन खोज्दा उहा सम्पर्कमा आउनु भएन ।