बन्दले मध्य तराई पनि प्रभावित


कृष्णउदास खनाल, वीरगन्ज ।
सरकारले प्रतिबन्धित लगाएको नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बारा, पर्सा लगायत मध्येतराईको जनजिवन सामान्य प्रभाबित भएको छ ।

सोमबार अधिकांस निजी बिद्यालय बन्द गरिएका छन् । सडकमा सवारीको चाप समेत कम रहेको थियो भने दैनिक हजारौँ सवारी आवतजावत गर्ने पथलैया वीरगन्ज सडकखण्ड पनि सुनसान रहेको थियो । प्रदेश २ का बिभिन्न जिल्लाहरुबाट बाराको पथलैया हुँदै बाहिरिने लामो दुरीका सार्वजनिक सवारी साधनसमेत सोमबार चल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

छिटफुट मात्रामा छोटो दुरीका सार्वजनिक यातायात भने सञ्चालन भैरहेको कार्यालयले जानकारी दियो । यसैबीच बारामा अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सोमबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरिएको छ । नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बोकेर आएको लरीमाथि आगजनी गरिएको हो ।