ज्योति विकास बैंक र सानिमा जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता


काठमाडौं, (नेस)
ज्योति विकास बैंक र सानिमा जनरल इन्स्योरेन्स कम्पनीबीच निर्जीवन बीमा योजना बिक्री गर्ने एवम् अभिकर्ता तथा बिमितलाई छिटो, छरितोे सेवा प¥याउन बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

बैंकले ९७ वटा शाखा २८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउ“दै आएको छ । हालसम्म बैंकले करिब २ लाख ४८ हजार ८ सय भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलव्ध गराउ“दै आएको छ ।