त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मेगा बैंकको एटीएम


काठमाडौं, (नेस) मेगा बैंक नेपालले त्रिभुवन विमानस्थलमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई पनि ध्यानमा राखेर विमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।

देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमिट एजेन्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।