एसियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता


काठमाडौं, (नेस)
एसियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच जीवन बीमा सेवासम्बन्धी सम्झौतापत्र भएको छ । उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै एक्सेल डेभलपमेन्ट बैंकको ३० वटा शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएका जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।