तिर्थयात्रीलाई उडान भर्न व्यस्त, सुर्खेतमा थन्कियो खाद्यन्न


अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको सिमकोटमा रहेको नेपाल खाद्यय संस्थानको चामल हवाई मार्गबाट ढुवानी नहुँदा नेपालगञ्ज, । सुर्खेतामा थन्किएको छ । निजी एयरलाईन्सका जहाजले भारतिय तिर्थयात्री बोक्ने चाप बढेपछि अहिले खाद्ययन्न ,व्यापरी समान र औैषधी समेत समेत उडान भर्ना नसक्दा समस्या भएको नेपालगन्जमा औषधी ढुवानी गर्न पुगेको हर्की भण्डारीले बताउनु भयो ।

बैशाख पहिलो सता देखि जहाजले हुम्लाको लागि नेपागञ्ज, सुर्खेतबाट खाद्ययन्न ढुवानी नगर्दा सिमकोटमा रहेको खाद्यय संस्थानको गोदामा चामलको मौजाद कम भएकोले वितरण गर्न नसकिएको  सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । संस्थानका हुम्लाका सुब्बा पोखरेलका अनुसार अहिले खाद्य गोदाममा २ हजार २ सय कुईन्टल मात्रै चामाल मौजाद रहेको बताए । नेपागञ्ज सुर्खेतबाट पाँच हजार कुइन्टल चामल हवाई मार्गबाट ढुवानी नहुँदा वितरण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा पर्यटक भित्रने सिजन सुरुभए सँगै चामल ढुवानी नभएको पोखरेलले जानकारी दिए ।

निजी एयरलाईन्सहरुले आफ्नो फाईदालाई हेर्दै दुई महिना देखि चामल ढुवानी नगरेको उहाँले बताए । नेपाल खाद्यय संस्थान शाखाले मौजाद रहेको २२ सय कुईन्टल चामल जन्म, मृत्युलाई प्रत्येक हप्ता वितरण गरिरहेको त्यसैमा वितरण गर्दा सकिने अवस्था रहेको अन्य नागरीकलाई वितरण गर्न नसकिने अवस्था रहेको बताए ।

ढुवानी गर्दै आएका निजी एयरलाईन्स तारा, सिता, समिटले बैशाखमा पुर्व उडान भरे अहिले पर्यटक भित्रीदै छन् चामल ढुवानी हुन गाह्रो भएको उहाँले बताए । खाद्ययन्न ढुवानीको लागी निजी एयरलाईन्सलाई कुरा गर्दा आजको भोली भोलिकोृ पर्सि भनेर समय टार्ने कुरा गरेको बताए ।

जिल्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिका यि दुई पालिकाले हवाई मार्गबाट ढुवानी भएको खाद्ययन्नको भर पर्नु अवस्था रहेको छ । पाँच हजार कुईन्टल चामल ढुवानी नहुँदा नेपालञ्ज र सुर्खेतमा नै थन्किएको उहाँले बताउनुभयो ।