हुम्लामा कन्नी च्याउ उत्पादन परिक्षण सफल


अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको उच्च भागमा पनि कन्नी जातको च्याउ उत्पादन परिक्षण सफल भएको छ। यो बर्षमा एक पटक मात्र च्याउ खेती गरिदै आएकोमा यसपटक नयाँ जातको च्याउ परिक्षणै गर्दा दुई पटक च्याउ उत्पादन गर्न सकिने परिक्षण सफल गरेको छ ।

फागुनबाट कार्तिकसम्म नौ महिनामा दुई पटक कन्नी च्याउलाई खेती गर्नका लागि परिक्षण गर्दा सफल भएको सिमकोट गाउँपालिकाका कृषि शाखाका संयोजक नेत्र बहादुर शाहीले बताउनु भयो । यस अघि साउन देखि कार्तिकसम्म मात्र उक्त च्याउ खेती गरिदै आएको थियो ।

तर, शाखाले परिक्षण गर्दा फागुन देखि असारसम्म पनि च्याउ खेती गर्न सकिने परिक्षणले देखाउदा अब बर्षमा नौ महिनामा दुई पटक च्याउ देखि गरेर किसानले आम्दानी गर्न सक्ने उहाँले बताउनु भयो । पालिकाका पाँच जना अगुवा किसानहरुलाई परिक्षणका लागि गत फागुनमा पाँच सेट कालो प्लाष्टिक र च्याउ बीउ सेट दिएकोमा अहिले च्याउ उत्पादन भएर बजारमा आउन थालेको उहाँले बताउनु भयो ।

अब हुम्लामा यो च्याउको संभाबना देखिएको र बजार पनि भएको कारण किसानहरुले यो खेती गर्नतर्फ लाग्नु पर्ने उहाँले बताउनु भयो ।
फागुनमा परिक्षणका लागि च्याउ लगाएर अहिले उत्पादन भएको च्याउ बजारमा प्रति केजी पाँच सय रुपियाँमा बिक्री गरि रहेको सिमकोट २ की किसान प्रतिमा बोहराले बताउनु भयो । एक सय बीस जिएस कालो प्लाष्टिकको गृन हाउसमा एक लटमा चालिस केजी उत्पादन भएको र यसरी एक सिजनमा चार पटकसम्म च्याउ उत्पादन हुने उहाँले बताउनु भयो ।

परिक्षणका लागि लगाइएको च्याउ अहिले बजारमा बिक्रीका लागि आउन थालेको उहाँले बताउनु भयो । अहिले परिक्षणका लागि लगाएको र अब साउनमा ब्यबसायीक रुपमा च्याउ खेती गर्ने उहाँले बताउनु भयो । अहिले उत्पादन भएको च्याउ खरिदका लागि ग्राहकहरुबाट फोनबाट अर्डर आउने गरेको उहाँले बताउनु भयो ।