ग्याँस सिलिण्डर र चुल्हो बाँड्दै जनप्रतिनिधि


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा भौगोलिक रुपमा बिकट जिल्ला होइन ,ग्याँसको सहज आपूर्ति पनि नहुने जिल्ला होइन । राज्यले निर्धारण गरेको भन्दा बढी मुल्य तिरेर ग्याँस खरिद गर्न पनि पर्साको कुन्ेपनि भूभागमा पर्दैन बरु छिमेकी देश भारतसंग सीमा जोडिएका कारण नेपालमा ग्याँसको अभाव भैहाले उनीहरुले भारतबाट नै ल्याएर काम चलाउने गरेका छन् र ग्याँसका सिलिण्डर र चुल्हो पनि खासै नौलो कुरा होइन यहाँका नागरिकहरुका लागि ।

तर, पर्साको कालिकामाई गाउँपालिका वडा नं ५ बिरंचिवर्वाका दलित परिवारलाई ग्यास सिलिण्डर र चुलो बितरण गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले आफ्नो वडाका ४७ दलित परिवारलाई ग्यास सिलिण्डर र चुलो बितरण गरिएको बताउनुभएको हो । ग्यास बितरण गर्दै वडा अध्यक्ष पवन तिवारीले वडाका हरेक घरमा ग्यास सिलिण्डर पुर्याउने लक्ष रहेको सुनाउनुभयो । वडाका बिपन्न दलित परिवारलाई सम्पन्न बनाउनु पर्ने भएकाले आफूले यो अभियान चलाएको उहाँको तर्क छ ।

राज्यले उपलब्ध गराउने सेवा सुबिधाहरुमा पनी दलितहरुलाई विशेष प्रथमिकता दिननीति अनुसार र सिलिण्डर र चुल्हो बाँडिएको तिवारीको तर्क छ ।