नेपाल अर्बुद रोग निवारण संस्थाले गर्याे पद विभाजन


काठमाडौँ ।
नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौँले आइतवार पद विभाजन गरेको छ । संस्थाको गत जेठ २ गते निर्वाचन मार्फत चयन भएकाहरुको पद विभाजन गरेको हो ।

संस्थाका सभापति अजयसिंह सुवालको सभापतित्वमा सुवाल आफैँ तेस्रो पटक सभापतिको पद ग्रहण गर्नुभएको हो भने हरि गोपाल प्रधान र डा. विमला शाक्यलाई उप–सभापतिको पद दिईएको छ ।
यस्तै दिव्यलक्ष्मी बज्राचार्यले सचिव, श्रीकृष्ण महर्जनले कोषाध्यक्ष, , डा. ईशु श्रेष्ठले सह–सचिवका साथै राजेश श्रेष्ठले सह– कोषाध्यक्षको पद ग्रहण गर्नुभएको हो । यसैगरि सदस्यहरुमा वीरेन्द्रलाल श्रेष्ठ, रमेश महर्जन, जुना श्रेष्ठ, निर्णय श्रेष्ठ, फुर्पु तेन्जिङ शेर्पा र माणिक रत्न शाक्यले पद ग्रहन गर्नुभएको छ ।

संस्थाको विधान बमोजिम सभापतिले दुई जना सदस्य मनोनित गर्ने प्रावधान अनुरुप सुवालले गिरिन्द्रमान राजवंशी र प्रकाशसिंह प्रधान नियुक्त हुनुभएको छ ।
त्यस्तै सल्लाहकारमा सृजना राणा, डा. आरती शाह र डा. सुदिप श्रेष्ठ रहनुभएको छ ।