सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं ।
चितवन, बारा र नवलपरासी (पश्चिम) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामध्ये चितवन रत्ननगर नगरपालिका– १० स्थित सडकमा ना६ख १२६३ नम्बरको बसले ना५६प २३८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका- ११ बस्ने ३२ वर्षीय रमेश लामाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसोकलमा सवार भरतपुर महानगरपालिका– १५ बस्ने २३ वर्षीय सन्तोष कंडेलको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बारा निजगढ नगरपालिका–१ स्थित सडकमा शुक्रबार दिउँसो ना१क ६४४९ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री रौतहट कटहरीया नगरपालिका– २ बस्ने ४० वर्षीय राम प्रसाद यादवको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका(४ बैरहवास्थित सडकमा लु२३प ६३३९ नम्बरको मोटरसाइकल र लु४७प ३९०१ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका लु२३प ६३३९ नम्बरको मोटरसाइकल चालक रामग्राम नगरपालिका(३ बस्ने २५ वर्षीय ईमरान खानको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लु।४७ प ३९०१ नम्बरको मोटरसाइकल चालक रुपन्देही केरवानी(९ बस्ने ३२ वर्षीय मदन थारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।