पर्वतमा ७५ वर्ष पछिको ठूलो असिना, करोडौँको बालीनालीमा क्षति


दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लामा ७५ वर्षपछिको भिषण असिना पानीले पर्वतको विभिन्न क्षेत्रमा करोडौँ रुपैयाँको बालीनालीमा क्षति पुगेको छ ।
भीषण असिनापानीले पर्वतको आर्थर कुश्मा नगरपालिका वडा नम्बर ११ पकुबा, १४ आर्थर र मोदी गाउँपालिका ७ राम्जा तथा वडा नं ८ चित्रेका किसानहरुले लगाएको नगदे बाली तथा मौषम अनुसारको तरकारी खेती नष्ट गरेको हो ।

असिनापानीले मकै, ताजा तरकारी, आलु, फलफुल खेतीमा सबैभन्दा बढी क्षति पु¥याएको छ । कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा सबैभन्दा बढी मकैखेतीमा क्षति पुगेको छ । खेतबारीमा उत्पादन दिने अवस्थामा पुगेको मकै र रोप्न लागेको कोदोको बीउ नष्ट गरेका कारण यस बर्ष भोकमरी लाग्ने अवस्था आएको कुस्मा नगरपालिका १४ आर्थरका कृषक नथुराम नेपालीले बताउनुभयो । ‘पसाउन लागेको मकै जरैदेखि ढलाएको छ, अब पलाउने आश पनि छैन’ नेपालीले भन्नुभयो ‘रोप्ने बेलाको कोदोको बीउ समेत थिलोथिलो बनेको छ, यस बर्ष बारी बाँझै रहन्छ ।’

कुस्मा नगरपालिका ११ पकुवाको चालिसेमा पकुवा पञ्चासे सामुदायिक फर्ममा यस बर्ष शुरु गरेको बर्षे आलु २० लाख रुपैयाको क्षति पुगेको सञ्चालक जगन्नाथ पौडेलले बताउनुभयो । धेरै बर्षपछि गाउँमा बर्षे आलुखेती गरेको तर पहिलो बर्षमै असिनाले सखाप बनाएको पौडेलको भनाई छ ।

‘सामुहिक रुपमा आलुखेती शुरु गरेको पहिलो बर्षमा नै सपना चकनाचुर बनायो’ उहाँले भन्नुभयो ‘टनेलमा प्लाष्टिक नराखेका कारण थप क्षति हुन पाएन ’ उच्च पहाडी क्षेत्रमा बर्षे आलु लगाइने भएपनि शहरबजारमा असार साउनमा राम्रो मुल्यमा बिक्री हुन्छ । यस बर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा शुरु गरेका ठुला तथा मझौला खालका दर्जनौ तरकारीका र्फममा राखिएको प्लाष्टिक टनेलहरु कामै नलाग्ने अबस्थामा पुगेका छन ।

कृषकहरुले असिना पानी पछि खेतीबाली नष्ट गरेको जानकारी गराएसंगै जिल्ला ज्ञान केन्द्रका प्रमुख बाशुदेब रेग्मी, प्राबिधिक तथा पत्रकार संगै अनुगमनमा पुगेको टोलीलाई कृषकहरुले राहात दिन आग्रह गरेका छन् । गोलभेंडा खेतीका लागि बनाएका प्लाष्टिक टनेल, तरकारीहरु तथा नगदेबाली सबै कामै नलाग्ने गरी असिनाले गरेका कारण क्षतिपुर्तीको ब्यबस्था मिलाउन आग्रह थियो ।

असिनापानिले सबै भन्दा बढी क्षति मोदी गाउपालिका राम्जामा पु¥याएको छ । राम्जाका कृषकहरुले लगाएको नगदेबाली तथा अन्य तरकारी खेती सबै सखापनै पारेको छ भने अधिकांश मानिसहरुको टिनको छानामा समेत प्वाल पारेको स्थानियहरुले बताउँछन् । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले असिनाको क्षति मुल्याँकनको काम भैरहेको र छिट्टै रहात बितरण गरिने जानकारी दिनुभयो ।

अहिले क्षतिको बिबरण संकलन गर्ने काम नगरपालिका र गाउँपालिकाले जनप्रतिनिधी तथा स्थानिय प्रहरी इकाईको सहयोगमा गरिरहेका छन । क्षतिको पुर्ण बिबरण आइसकेपछि राहत र क्षतिपुर्तीका लागि आवश्यक पहल गरिने जिल्ला दैबिप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।