प्रहरीद्वारा रोल्पाबाट दाङ लैजादैँ गरेको काठ नियन्त्रणमा


रोल्पा ।
रोल्पाबाट दाङ तर्फ लैजान लागेको काठ सल्यान कपुरकोटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान २ बजेतीर काठ र गाडी नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जानकारी लिएको छ ।

चेकजाँचको क्रममा कपुरकोट स्थित चेक पोष्टबाट रा१ज ४५६ नम्बरको गाडिमा २० वटा काठको कडि फेला पारिएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार निकासिका लागि बैधानिकता नपाएको उक्त काठ, गाडि र चालक जीतबहादुर ओलीलाई आवश्यक कारवाही प्रक्रियाका लागि ईलाका प्रहरी कार्यालय लुहाम पठाइएको छ ।