सगरमाथा आरोहणमा पत्रकार कल्पनाको किर्तिमानी


नेपाल समाचारपत्र, ललितपुर ।
एक वर्षको अन्तराल । जेठ महिना ९ गतेको दिन । संयोग नै होला, पत्रकार कल्पना महर्जनले नेपाल र तिब्बतबाट सगरमाथाको चुचुरोमा पाईला टेकेर किर्तिमान कायम गरेको दिन परेको छ ।

पत्रकार कल्पना महर्जनले नेपाल र तिब्बतबाट सगरमाथाको चुचुरोे नयाँ किर्तिमान कायम गर्नुभएको छ । पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि इमाडोलका निर्देशक रवीन्द्र महर्जन अनुसार पत्रकार महर्जनले दक्षिण मोहोडा, तिब्बतबाट गत विहीबार बिहान १०ः२० मा सगरमाथाको चुचुरोमा पाईला टेक्नुभएको थियो ।

नेपाल र तिब्बतबाट सगरमाथा आरोहण गर्ने उहाँ सम्भवत विश्वकै पहिलो महिला पत्रकार रहेको प्रा.लिको दाबी रहेको छ । पत्रकार महर्जनले यस पटक सगरमाथा आरोहणका लागि शिक्षाको माध्यमले बालविवाह रोकथामलाई ‘क्यामपियन’ को मुख्य विषय बनाएको छ ।
पत्रकार महर्जन सगरमाथा चढ्न गत चैत्र २८ गते चीनको ल्हासातर्पm लाग्नुभएको थियो ।

पत्रकार महर्जनले सगरमाथाको चुचुरोमा वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर र ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डा फर्फराउनुभएको थियो । प्रा.लिका अनुसार आज शनिबार पत्रकार महर्जन सगरमाथाको बेस क्याम्पतर्फ ओर्लिनुभएको छ ।