विमानस्थलबाट ठुलो परिणाममा भारतीय नक्कली नोटसहित ४ जना समातिए


काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना छन् । विमानस्थल भन्सार कार्यालयले ठुलो मात्रामा नोट बरामद भएको जनाएको छ । भन्सार कार्यालय स्रोतका अनुसार दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो । प्रहरीले विमानस्थल कतार एयरवेजमार्फत आएका र विमानस्थल लिन पुगेका ४ जनालाई पक्राउ गरेको बताएको छ ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।