‘उद्योग, पर्यटन, जलविद्युत्मा लगानी आवश्यक ‘


काठमाडौं, (नेस) अर्थमन्त्री डा. युवराज खतिवडास“ग बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनले भेटवार्ता गर्नु भएको छ । अर्थ मन्त्रालयमा बुधबार भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतास“गै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल गर्नु भएको थियो ।

भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतास“गै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहा“ले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको चासोप्रति नेपाल आशावादी रहेको बताउनुभयो ।

बेलायत नेपालको दातृ निकायमध्ये महŒवपूर्ण दातृ निकाय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउनेतर्फ सरकार सजग रहेको स्पष्ट पार्नुभयो । भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्नु भयो ।

भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्तिसम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराउनुभयो । उहा“ले नेपाल संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राख्नुभयो ।

मन्त्री बोरोनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा सघीयता कार्यान्वयनको प्रक्रियामा रहेकाले सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो