सहकारीलाई राज्यद्वारा करमा विभेद गरिएको गुनासो


काठमाडौं,(नेस)
सहकारीकर्मीहरुले सहकारीलाई करमा विभेद गरेको गुनासो गरेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको सहकारी ऐन र विभेदकारी कर विषयक अन्तत्र्रिmया कार्यक्रमका वक्ताले बचत सहकारीलाई कर छुट दिई उत्पादनशील क्षेत्रमा लागेका सहकारीलाई कर छुट नदिएको गुनासो गरेका हुन् ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज क“डेलले सहकारी ऐन सहकारीमैत्री नभएको बताउनुभयो । सहकारी ऐन संशोधन गरी सहकारीमैत्री बनाउन कार्यदलले काम गरिरहेको उहा“को भनाइ छ ।

सहकारीले वित्तीय अनुशासन पालना गर्न कन्जुस्याई गर्न नहुने बताउनुभयो । सहकारी नियमावलीले धेरै कोषको परिकल्पना गरेकाले सदस्यलाई नाफा नआउने अवस्था आएको उहा“को भनाइ छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण मात्र कारोबार गरेर नहुने बताउनुभयो । सहकारी क्षेत्रमा पु“जी भित्रिन नदिने चलखेल भएको भण्डारीको भनाइ छ । उहा“ले सन्दर्भ ब्याजदर र स्प्रेडदर निर्धारणमा जटिलता भएको भन्दै नियमक निकायले अंकुश लगाउन खोजेको आरोप लगाउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीका कमजोरी हटाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहा“ले राज्य सहकारीमैत्री नभएको आरोप लगाउनुभयो ।

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले नियतबश बहुउद्देश्यीय सहकारी बन्द गराउन खोजिएको बताउनुभयो
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सरकारले सहकारीलाई विभेद गरेको आरोप लगाउनु भयो । उत्पादन सहकारीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा सरकारले बहुउद्देश्यीयलाई बचतमा जान बाध्य पारेको उहा“को भनाइ छ ।