गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गर्न सकिने


नेपाल समाचारपत्र, काठमाडौं
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७३ प्रतिशत काम पूरा भएको छ । रुपन्देहीको सिद्धार्थनगरमा निर्माणधीन विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने काम मंगलबार सकिएस“गै आयोजनाको ७३ प्रतिशत काम पूरा भएको हो ।

विमानस्थलको ३ किलोमिटर लम्वाई र ६० मिटरकोे चौडाईको कालोपत्रेको गर्ने काम सम्पन्न भएका विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभयो । गत कात्तिकमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शुरुवात गर्नु भएको विमानस्थलको धावनमार्गको निर्माण सम्पन्न गर्न करिब ६ महिनामा लागेको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

निर्माणाधीन विमानस्थलमा उडान गर्नको सरकारले कम्बोडिया, श्रीलंका, चीन, म्यानमारस“ग हवाई सम्झौता भएको छ । विमानस्थलको पाकिङ वे, एप्रोन लिंङमार्गको काम भरहेको आयोजना प्रमुख अधिकारले बताउनुभयो ।

धावनमार्गको निर्माण सम्पन्न भएस“गै आपतकालीन र परीक्षण उडान गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावमार्गको निर्माणको जिम्मा चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो। धावनमार्गमा लाइट राख्ने काम पनि शुरु हुने जनाइको छ ।

विमानस्थलको भोतिक पूर्वाधारको रङ रोगन अन्तिम निमार्णकार्य भइरहेको छ । टर्मिन भवनमा मेसिन राख्ने काम भइरहेको छ, कन्ट्रोलर टावरमा विमान र टावरबीच सम्पर्क स्थापित गर्ने यन्त्र सीएनएस यन्त्रको जडानको लागि थाई कम्पनी एरो थाइले जिम्मा पाएको छ ।

चिनिया“ कम्पनीले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको एक गौतम बुद्ध विमानस्थल ७ सय ८७ बिगा क्षेत्रफल रहेको छ । ५ ठूला विमान पार्किङ र हाल विमानस्थलको १५ सय मिटरको रनवेलाई ट्रयाक्सी वेमा परिणत गरी १९ मिटर थप गरी निर्माण गरिएको हो ।

सन् २०१९ को डिसेम्बरसम्म सञ्चालनमा ल्याउने तयारी स्वरुप आयोजनाको काम तीव्र पारिएको अधिकारीले बताउनुभयो । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउ“दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । विमानस्थल सञ्चालनमा आएस“गै नेपालको पर्यटन आगमनमा ठूलो वृद्धि हुने अनुमान गरिएको छ ।