विवरण अद्यावधिक नगर्ने ४८ वटा म्यानपावरको अनलाइन कारोबार बन्द

0
Shares

काठमाडाैं । वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको विभागले जनाएको छ ।

तोकेको समयभित्र आफ्नो विवरण अद्यावधिक नगरेको भन्दै विभागको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको जनाइएको छ ।

वैशाख २३ देखि जेठ ३ गतेसम्म म्यानपावर कम्पनीलाई विवरण अद्यावधिक गर्न समय दिइएको थियो । यो समयभित्र विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोबार बन्द गर्ने विभागले चेतावनी पनि दिएको थियो ।

म्यानपावर कम्पनीले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने थियो । विभागमा एक हजार ५२७ कम्पनी दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । विभागले यसअघि नियम विपरीत काम गर्ने २०७ वटा म्यानपावर कम्पनीको दर्ताा खारेज गरेको थियो ।